साताको दोस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २,५४६ दशमलव ०९ को विन्दुमा पुगेको छ।
आज २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
त्यसैगरी, १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ४५ प्रतिशत बढेको छ। जलविद्युत र वित्त उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सबैभन्दा धेरै नविल बैंकको सेयर कारोबार भएको छ। बैंकको १७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज माइक्रोफाइनान्सको शेयरमूल्य सकारात्कम सर्किट लभेलमा कारोबार भएको छ। माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।
त्यस्तैगरी आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।