प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने बताएका छन्।
जंगी अड्डामा भएको दुई दिवसीय 'प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक'को समापनमा बोल्दै प्रधानसेनापति शर्माले उक्त कुरा बताएका हुन्।
बैठकमा हुने छलफल तथा आपसी अन्तर्क्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरूले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने नेपाली सेनाको विश्वास छ।