नबिल बैंकले ग्रिन पिन सेवा सुरु गरेको छ। अब बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट आफै गर्न सकिन्छ।
ग्रिन पिनसेवामार्फत ‘नयाँ ग्राहकलाई’ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन रिसेट गर्ने सुविधा दिइएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ‘अब हाम्रा ग्राहकहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा शाखामा आएर पिन रिसेटका लागि आवेदन दिनु पर्दैन। नजिकैको नबिल बैंकको एटिएमबाट आफैले पिन रिसेट गर्न सकिन्छ।’
यसका लागि ग्राहकले नबिल बैंकको एटिएममा कार्ड राखेर ‘जेनेरेट ओटिपी फर पिन’ मेनु छान्नुपर्छ।
त्यसपछि ग्राहकले बैंकमा दर्ता गरेका मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटिपी पाउछन्। ‘इन्टर ओटिपी टु चेन्ज योर पिन’ मेनु छनौट गरी प्राप्त ओटिपी राखेर पिन सेट अथवा रिसेट गर्न सकिन्छ।
ग्रिन पिन सेवामार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरणमैत्री सेवाको सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए।
बैंकको ११९ शाखाहरु र १८५ एटिएम काउन्टरहरु रहेका छन्।