नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी/फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ।
नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुयालले फलफूल किनेर क्यूआर कोड मार्फत भुक्तानी गरी उक्त सेवा सुरु गरेका हुन्।
यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत किनेको तरकारी/फलफूलको रकम भुक्तान गर्न सक्नेछन्।
डिजिटल कारोबारलाई बढाएर क्यासलेस कारोबारलाई वृद्धि गर्न नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो।
नबिल बैंक भैरहवा शाखाको पहलमा वल्ड लिंक नेपालले भुक्तनी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ।
हाल देशभर २ हजार भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्। जुन हरेक दिन बढिरहेका छन्।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, ०४:३५:३८