ज्योति विकास बैंकले सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी, नुवाकोटलाई एक थान ‘बेबी वार्मर’ दिएको छ।
कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरेका हुन्।
बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र केन्द्रका तर्फबाट सुनिल बानियाँले सोही गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई बेबी वार्मर हस्तान्तरण गरिएको हो।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्य चौकी, सामरीमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने अपेक्षा छ।
यो बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा दिदैं आइरहेको छ।