सानिमा बैंकले मिति शुक्रबार विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे।
मह जोडीले विराटनगरको कञ्चनबारीमा शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गरे। साथै विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना गरे।
त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन्।