नागरिक लगानी कोष र पर्वतको फलेवास नगरपालिकाबीच सम्झौता भएको छ ।
त्यस नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको ५ सय रुपैयाँ योगदान तथा नगरपालिकाले ५ सय रुपैयाँ थप गरेर मासिक १ हजार रुपैयाँ जम्मा गर्नेगरी सम्झौता भएको हो।
सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरे।
उक्त योजनामा सहभागी करिब ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरहरुले ६० बर्ष पुगेपछि
मासिक रुपमा पेन्सन दिने व्यवस्था गरिएको छ। उनीहरुलाई साँवा ब्याज तथा प्रतिफल सहित एकमुष्ठ रकम लिन सक्नेगरी सहभागीता गराएको बताइएको छ।
यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रुपमा एनआइसी एसिया बैंक रहेको छ।
एनआइसी एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको छ।
पहिलो चरणमा सहभागीलाई कोषको तर्फबाट १÷१ सय रुपैयाँ उनीहरुको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए।