समय बदलिएसरी हाम्रो मन पनि बदलियोस्
नयाँ युगको सुरूआत गर्न हाम्रो पुरानोपन पनि बदलियोस्
तपाई हामी साँच्चिकै लागे गर्न के पो गाह्रो छ यहाँ
नेपाललाई समृद्ध बनाउने अब हाम्रो पालो छ यहाँ!
नेपाललाई समृद्ध बनाउने अब हाम्रो पालो छ यहाँ !!
समय बदलिएसरी हाम्रो जोश पनि बदलियोस्
नयाँ युगको सुरूआत गर्न अब पुरानो सोच पनि बदलियोस्
मन बचन र कर्मले देशको श्रीवुद्धिमा लाग्नुछ यहाँ
मेहेनत र परिश्रमको फल नपाउने दुनियाँ छ र हजुर कहाँ!
मेहेनत र परिश्रमको फल नपाउने दुनियाँ छ र हजुर कहाँ!!
समय बदलिएसरी हाम्रो गति पनि बदलियोस्
व्यक्तिगत स्वार्थ र हितमा मात्रै रमाउने सबैको मति पनि बदलियोस्
दृढ संकल्प र अटुट संघर्षले सफलता मिल्दो रै’छ सदा
देशको सुदूर भविष्य निर्माण गर्ने तपाईं हामी बाहेक अरु को नै छ र कता!
देशको सुदूर भविष्य निर्माण गर्ने तपाई हामी बाहेक अरु को नै छ र कता!!
समय बदलिएसरी हाम्रो कर्म पनि बदलियोस्
बेइमान,बेकामी र भ्रष्टहरूको देशप्रेमको धर्म पनि बदलियोस्
हामी सबै अघि बढे गर्न के पो गर्न सकिन्न र
आजैदेखि प्रण गरौं चाहे के पो गरिन्न र!
आजैदेखि प्रण गरौं चाहे के पो गरिन्न र!!
समय बदलिएसरी सबैको प्रगती पनि बदलियोस्
अल्छी बेकारी भइ बस्ने जोश र जाँगर पनि बदलियोस्
फूल जस्तै जीवन सदा फुलिरहोस्
सत्कर्म र सद्बिचारमा मन सधैं झुलिरहोस्
कर्मशील जीवनमा सदा हरियाली छाइरहोस्
अगाडि बढ्ने ती प्रगतीशिल पाइलाहरूमा
सदा बडा दसैंले पछाइरहोस् !!
सदा बडा दसैंले पछाइरहोस् !!!