सूर्योदयकाठमाडौंको चन्द्रागिरीबाट शनिबार बिहान देखिएको सूर्योदय। तस्बिरः निशा भण्डारी/सेतोपाटी
जिपलाइनमा रामदेव सररनेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेवले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन सयर गरेका छन्। चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेवले जिपलाइनमा सयर गरेका हुन्। तस्बिर: निशा भण्डारी
नागरिकको न्याय रोक्न पाइँदैनहण्ड्रेड ग्रुपले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनले नागरिकलाई असर परेको भन्दै प्रदर्शन गरेको छ। शनिबार माइतीघर मण्डलमा नागरिकको न्याय रोक्न पाइँदैन भन्दै उसले प्रदर्शन गरेको हो। तस्बिर: निशा भण्डारी
उड्दै गरेको परेवास्वयम्भूको आकाशमा शनिबार उड्दै गरेको परेवा । तस्वीर: प्रदीपराज वन्त,रासस
एमाले महाधिवेशनको बेलुननेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो पार्टीको केन्द्रीय कार्यालय, थापाथलीबाट प्रचारार्थ बेलुन उडाउँदै एमालेका महासचिव ईश्वर पोखरेललगायत नेताहरू। तस्बिर:प्रकाश सिलवाल, रासस