नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंसीर १४ मा हुने उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका छन्।
दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनले सरकारलाई सच्याउनका लागि पनि कांग्रेसलाई विजयी गराउनुपर्ने बताए।
भक्तपुरमा बिहीबार प्रदेशसभा सदस्यका लागि कृष्ण भँडेलले उम्मेदवारी दर्ता गरेपछि आयोजित सभामा शर्माले एक सिट जित्दैमा सरकार फेरबदल नहुने भए पनि सरकारलाई सच्याउने सन्देश दिनुपर्ने बताए।
‘सरकारलाई गलत गरिराखेको छौं, सच्चिएर अघि बढ भन्ने सन्देश दिन जरूरी छ’ उनले भने। सरकारले निर्मला पन्तको हत्यारा पहिचान गरी कारबाहीको दायरामा ल्याउन नसकेको पनि उनले बताए।
सरकारले महंगी नियन्त्रण गर्न नसकेको आरोप शर्माको थियो।