सर्वोच्च अदालतले आज कुनै पनि मुद्दाको पेशी तोकेको छैन।
मुख्य रजिष्ट्रार नृपध्वज निरौलाका अनुसार बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने गरिएकोमा शुक्रबारका लागि कुनै निवेदन नपरेकाले पेशी नतोकिएको हो।
अदालतले लकडाउनका बेला बन्दीप्रत्यक्षीकरण, कोरोनासँग सम्बन्धित तत्कालै आवश्यक निवेदन र बालबालिका जिम्मा लगाइपाउँ लगायतका मुद्दा हेर्ने निर्णय गरेको थियो।
लकडाउनअघि पनि अत्यावश्यक सेवा दिने निर्णय गरेको सर्वोच्च अदालतले सरकारले लकडाउन घोषणा गरेपछि बन्दीप्रत्यक्षीकरण, कोरोनासम्बन्धित निवेदन र बालबालिकाका निवेदनमात्र हेर्ने भएको थियो।
चैत ७ गते सर्वोच्चका सबै न्यायायधीशको बैठकले अदालत बन्दको समयमा आवश्यक परे प्रशासन, फैसला लेखन लगायतका घरबाटै गर्न सकिने काम घरबाट गर्ने निर्णय गरेको थियो।
तर, सर्वोच्च अदालत पूर्णरूपमा बन्द भने भएको छैन।
एउटा टोलीले अदालत खोलिराख्ने मुख्य रजिष्ट्रार निरौलाले बताए।