ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ती ३८ वर्षीय महिलाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई मेनिन्जाइटिस पनि भएको थियो।
आजै सप्तरीमा थप एक जना पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
उता बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेका दुई पुरूषको मृत्यु भएको थियो। तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ।