सुदूरपश्चिम प्रदेश सरकारले जेठ २१ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले २१ गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।
बैठकले डोटीमा अज्ञात व्यक्तिले शरिरमा आगो लगाई हत्या प्रयास गरिएकी लक्ष्मी भाटलाई दुई लाख रुपैयाँ दिने निर्णय पनि गरेको उनले बताइन्।