नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन् आइतबार चिली प्रस्थान गरेका छन्।
८८ औं महासभा चिलीको राजधानी सान्टियागोमा असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म हुँदैछ।
एनसिबी नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनालसँगै उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी सहभागी हुनेछन्।
प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका थिए।
इन्टरपोलको यस महासभामा १९ विभीन्न विषयमा छलफल तथा निर्णयहरू हुने अपेक्षा गरिएको छ।
खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई दिइएको छ।