सर्लाहीमा ट्याक्टरसँग ठोक्किएर टिपर पल्टिँदा सहचालकको मृत्यु भएको छ।
मंगलबार राति पौने नौ बजे ईश्वरपुर नगरपालिका ५ फुलजोरमा ना ८ ख ३०९३ नम्बरको टिपर र विपरित दिशाबाट जाँदै गरेको ना४त ४१२५ नम्बरको ट्याक्टर आपसमा ठोक्किएका थिए।
ठोक्किएपछि टिपर अनियन्त्रित भई पल्टिँदा चालक र सहचालक घाइते भएका थिए।
टिपरका सहचालक उदयपुर कटारी नगरपालिकाका २३ वर्षीय सुजन दनुवारलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ।
सोही ठाउँका २४ वर्षीय चालक बिष्णु बहादुर दनुवारको टाउको र ढाडमा चोट लागेको थियो। उनलाई उपचारको लागि त्रिदेव अस्पताल रानीगंजमा लगिएको थियो भने थप उपचारको लागि न्युरो अस्पताल विरगन्ज रिफर गरिएको छ।
प्रहरीले ट्याक्टर चालक ईश्वरपुर नगरपालिका ६ वस्ने बर्ष ४९ को रामप्रसाद महरालाई नियन्त्रणमा लिएको छ।