काठमाडौंको तार्केश्वर नगरपालिका-५ मा गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
बुधबार दिउँसो बालाजुबाट मुड्खुतर्फ जाँदै गरेको पानीको जार बोक्ने गाडी दुर्घटनामा परेको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब निरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए।
उक्त बा २१ च २१३३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट ३०-३५ फिट तल खसेको हो।
दुर्घटनाबाट चालकसहित तीन जना घाइते भएका छन्।
उनीहरूको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए।
उनका अनुसार उनीहरूको अवस्था सामान्य छ।