पर्सा प्रहरीले २७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टोलीले मंगलबार दिउँसो पटेर्वासुगौलीको गाउँपालिका वडा नम्बर ४ बाट गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही गाउँपालिका-४ का ६५ वर्षीय वासुदेव माझी छन्। उनी गाँजाको बोरा बोकेर हिँडिरहेका थिए।
बिहान झिसमिसै गाँजाको बोरा बोकेर उनी भारततर्फ जान लागेको आशंका गरिएको छ। माझीलाई हिरासतमा लिएर लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।