अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ का ३४ वर्षीय अर्जुन पेहिम लिम्बु रहेका छन्।
जिल्ला अदालत झापाले लिम्बुलाई ९ वर्ष एक महिना १५ दिन कैद र ७८ हजार ८ सय रूपैयाँ जरिवना गर्ने फैसला गरेको थियो।
२०७३ माघ ५ गते अदालतले फैसला गरेकोमा फरार रहेका लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले बिहीबार पक्राउ गरेको हो।
लिम्बुलाई अदालत पठाइएकोमा कारागार चलान भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।