स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोना गेटाफेमाथि जित निकालेर दोस्रो स्थानमा उक्लिएको छ।
बार्सिलोनाले शनिबार भएको खेलमा २-० को जित हात पारेको हो।
बार्सिलोनाको जितमा लुइस सुआरेजले खेलको ४१ मिनेटमा पहिलो गोल गरेका थिए।
४९ मिनेटमा जुनियर फिर्पोले बार्सिलोनाका लागि दोस्रो गोल गरे। फिर्पोले बार्सिलोनाको जर्सीमा पहिलो गोल गरेका हुन्।
जितसँगै बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ।
शीर्ष स्थानको रियल म्याड्रिडको ६ खेलबाट १४ अंक छ। तेस्रो स्थानको रियल सोसिडाड र चौथो स्थानको एट्लेटिको म्याड्रिडको पनि १३-१३ अंक नै छ।
लिग अन्तर्गत आइतबार राति म्याड्रिड डर्बीमा रियल र एट्लेटिको भिड्दैछन्।