इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ३० वर्ष यताकै खराब सुरुवात गरेको छ।
सोमबार राति भएको खेलमा आर्सलनसँग १–१ गोलको बराबरीमा रोकिएसँगै म्यानचेस्टर सुरुवाती ७ खेल सकिदा अंक तालिकाको दशौं स्थानमा छ।
सोमबार घरेलु मैदानमा म्यानचेस्टरले पहिले अग्रता लिएको थियो। ४५ मिनेटमा स्कट म्याकटोमिनीले गोल गरेर म्यानचेस्टरलाई अग्रता दिलाएका थिए।
तर आर्सनलका पियरी इमेरिक आयुमेवाङले ५८ मिनेटमा बराबरी गोल फर्काए।
लिगमा दशौं स्थानमा रहेको म्यानचेस्टरको ७ खेलबाट ९ अंक छ।
शीर्ष स्थानको लिभरपुलको २१, दोस्रो स्थानको म्यानचेस्टर सिटीको १६, तेस्रो स्थानको लेस्टर सिटीको १४, चौथो स्थानको आर्सनलको १२, पाँचौ स्थानको वेस्ट ह्यामको १२, छैटौं स्थानको टोटनह्यामको ११ र सातौं स्थानको चेल्सीको पनि ११ अंक छ।
दशौं स्थानमा सीमित म्यानचेस्टरले सन् १९८९–९० सिजनपछि खराब सुरुवात गरेको हो। त्यतिबेला म्यानचेस्टरले १३औं स्थानमा रहेर लिग सकेको थियो।