इटालियन सिरि 'ए' मा शीर्ष स्थानको युभेन्ट्सले अर्को जित हात पारेको छ। युभेन्ट्सले मंगलबार राति भएको खेलमा जेनोआलाई ३-१ गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा युभेन्ट्सले पाब्लो डिबालाको गोलबाट ५० मिनेटमा अग्रता लियो।
रोनाल्डोले ५६ मिनेटमा अग्रता दोब्बर पारे। उनको लामो रेन्जको प्रहारले गोलपोस्टको दिशा लिएको थियो। सिजनको लिगमा रोनाल्डोले गरेको यो २४औं गोल हो।
७३ मिनेटमा डाउलास कोस्टाले युभेन्ट्सका लागि तेस्रो गोल गरेका थिए। जेनोओका लागि ७६ मिनेटमा पिनामोन्टीले गरेको गोल सान्त्वनामै सीमित बन्यो।
यता अंक तालिकाको दोस्रो स्थानमा रहेको लाजियोले टोरिनोलाई २-१ ले हराएको छ।
लिगमा युभेन्ट्सले ४ अंकको अग्रता कायमै राखेको छ। शीर्ष स्थानको युभेन्ट्सले २९ खेलबाट ७२ अंक जोड्दा दोस्रो स्थानको लाजियोको ६८ अंक छ।