स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित हात पारेको छ। बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६-१ गोलले पराजित गर्यो।
रियलको जितमा एसेन्सियोले ह्याट्रिक गरे। उनले खेलको २४, २९ र ५५ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
करिम बेन्जिमाले तेस्रो र ७८ मिनेटमा गरी दुई गोल गरे। इस्कोले ८४ मिनेटमा एक गोल गरे।
ला लिगाका अन्य खेलमा सेभियाले भ्यालेन्सियालाई ३-१ तथा भिल्लारियलले इल्चेलाई ४-१ गोलले पराजित गरेका छन्।
लिगको अंक तालिकामा रियल म्याड्रिड ६ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
दोस्रो स्थानमा झरेको एट्लेटिको म्याड्रिडको १४ अंक छ भने एक खेल कम खेलेको तेस्रो स्थानको सेभियाको ११ अंक रहेको छ।