इंग्लिस प्रिमियर लिगमा चेल्सीले सानदार जित हात पारेको छ।
चेल्सीले शनिबार साँझ सकिएको खेलमा नर्वीच सिटीलाई ७-० गोलले पराजित गरेको हो।
चेल्सीका लागि मासन माउन्टले ह्याट्रिक गरे। उनले खेलको आठौं मिनेटमा पहिलो गोल गर्दा ८५ र दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरे।
यस्तै हुसन ओडोइले १८, जेम्सले ४२ र चिलवेलले ५७ मिनेटमा एक एक गोल गरे।
नर्वीचका आरोन्सले ६२ मिनेटमा आत्मघाती गोल गरेका थिए।
खेलको ६५ मिनेटमा नर्वीच १० खेलाडीमा सीमित बनेको थियो। नर्वीचका गिब्सन दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य बनेका थिए।
जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीको ९ खेलबाट २२ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको ८ खेलबाट १८ अंक रहेको छ। नर्वीच भने २ अंक जोडेर अंक तालिकाको पुछारमा छ।