रुखो व्यवहारका कारणल बारम्बार आलोचित हुँदै आएको प्रहरीले सोमबारदेखि मुस्कानसहितको प्रहरी सेवाका लागि फिल्डमै तालिम दिन थालेको छ।
प्रहरी प्रधान कार्यालयले विशेष कोर्सै बनाएर देशभरका प्रहरीलाई तालिम दिन सुरु गरेको समाचार नयाँपत्रिकामा नवराज मैनालीले लेखेका छन्।
‘सर्भिस विथ स्माइल’को अवधारणालाई व्यवहारमा लागू गरी प्रहरी कार्यशैली सुधार गर्न सोमबारदेखि फिल्डमै गएर प्रहरीलाई तालिम दिन सुरु गरिएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले बताए।
सर्वसाधारणसंग राम्रो व्यवहार नगर्ने प्रहरीलाई तत्काल कारबाही गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।