विदेशस्थित ३२ नेपाली कूटनीतिक नियोगमा जथाभावी खर्च हुने गरेको छ। ििनयोगका कर्मचारीले विदेश नलगेका परिवारका नाममा र हुँदै नभएको औषधि उपचारका नाममा समेत रकम बुझेका छन्।
ल्हासा,कतार र यांगुनसहित २४ नियोगबाट फर्जी परिवारको नाममा आठ करोड रुपैयाँ वितरण भएको महालेखा परीक्षकको प्रतिवेदन २०७०ले देखाएको छ। आश्रित परिवार विदेश लगेमात्र भत्ता लिन पाउने व्यवस्था भएको नयाँपत्रिकामा पर्शुराम काफ्लेले समाचार लेखेका छन्।
मन्त्रिपरिषदको २३ जेठको निर्णयमा प्रमुख तथा कर्मचारीहरु नियोग बसुन्जेल परिवारका आश्रित सदस्य लैजान पाउने र उनीहरुलाई पारिवारिक भत्ता उपलब्न हुने व्यवस्था गरिएको छ। तर आर्थिक कारोबारसम्बन्धी निर्देशिका २०६०ले परिवारका सदस्य आएको र फर्केको विवरण राख्ने तथा नियोग प्रमुखबाट प्रमाणित गराएर मन्त्रालय पठाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
२४ नियोगका कर्मचारीको मासिक तलब–भत्ता भुक्तानी गर्दा परिवार साथमा रहेको व्यहोर पुष्टि गर्ने आधारविनै ६ करोड ८ लाख १९ हजार रुपैयाँ पारिवारिक भत्ता बाँडिएको महालेखाले जनाएको छ।