नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै मिलेमतोमा धेरै महिला त्यता पुगेको व्यवसायीहरुले आरोप लगाएका छन्।
सोमबार लेबनानबाट उद्धार गरेर ल्याइएका ३९ कामदारमध्ये अधिकांश महिला अमानवीयताको सिकार भएका यस्तै महिला हुन। प्रतिबन्ध लागेयतामात्रै सरकारी कर्मचारीको मिलेमतोमा विभिन्न गिरोहले करिब ६ हजार युवतीलाई घरेलु कामदारका रुपमा खाडी मुलुक पठाइसकेको बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ। यसरी अवैधानिक रुपमा त्यता पुग्नेमध्ये करिब ६ सय अलपत्र रहेको सूचनासमेत बोर्डलाई प्राप्त भएको छ। यो समाचार आजको नागरिकमा प्रमुखतासाथ प्रकाशित छ।