भारतीय माफियाको लगानी नेपालमा अफिमखेती फस्टाउँदै आएको छ। प्रहरीका अनुसार भारतमा लागूपदार्थ अफिम कारोबार गर्ने माथि थप कडाइ गरिएपछि उत्तरप्रदेश र बिहारमा सक्रिय माफियाले नेपालमा व्यावसायिक अफिमखेती थालेको अन्नपूर्णपोष्टमा दीपक खरेलको समाचार छ।
लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी युनिटले एकर्वायता करिब एकहजार कट्ठा जमिनमा रहेको अफिमखेती नष्ट गरेपछि यो तथ्य खुलेको हो। लागूपदार्थ खैरो हेरोइन र सेतो हेरोइनको कच्च पदार्थ अफिमखेती नेपालका विभिन्न स्थानमा पछिल्लो तीन वर्षदेखि व्यावसायिक रुपमै भइरहेको दाबी प्रहरीको छ।