सरकारी अनुदान लिएका व्यापारीले प्रांगारिक मलको नाममा माटो बेचेको पाइएको छ। व्यवसायीले उत्पादन गरेको मल १० दिनअघि सरकारी ल्याबमा परीक्षण गर्दा माटो भेटिएको हो।
कृषि विकास मन्त्रालयअन्तर्गत माटो व्यवस्थापन निर्देशनालयका अनुसार प्रांगारिक मल उत्पादन गर्न सरकारी अनुदान लिएका व्यवसायीको कारखानामा उत्पादित मलमा माटो भेटिएको हो। निर्देशनालय प्रांगारिक मल परीक्षण गर्ने सरकारको आधिकारिक निकाय हो। यो समाचार नागरिकमा प्रकाशित छ।