पर्साको झौवाँगुठीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतीय कुखुराको चल्ला बरामद गरेको छ।
सशस्त्र प्रहरी बेस क्याम्प अमरपट्टीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले गएराति नेपालमा प्रतिबन्धित एक हजार ५६० वटा भारतीय कुखुराको चल्ला बरामद गरेको हो।
सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा अमरपट्टी नाका हुँदै नेपाल ल्याइएको भारतीय कुखुराको चल्ला बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको कुखुराको चल्ला वीरगन्जस्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्सामा बुझाइएको अमरपट्टी बेस क्याम्पले जनाएको छ ।
यसैबीच पर्साको ग्रामीण नाकाबाट भारतीय पक्षीजन्य वस्तुको आयात बढेपछि सशस्त्र प्रहरीले अभियान सञ्चालन रहेको सीमा सुरक्षा कार्यालय पर्साका प्रहरी उपरीक्षक हर्क रावलले बताए। नेपालमा बर्डफ्लुमा जीवाणु देखिएपछि भारतबाट नेपालमा सरकारले पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । रासस
प्रकाशित मिति: 2014-04-16 09:35:54