कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ, आयुर्वेद क्याम्पस एकाइले विभिन्न मागसहित गत चैत २४ गतेदेखि सो क्याम्पस र शिक्षण अस्पताल प्रशासन अनिश्चितकालीन तालाबन्दी गरिएको छ।
त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी र आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरका कर्मचारीको सेवा सुविधा तथा यातायात, स्वाथ्योपचारमा विभेद गरेको लगायतका माग उठाउँदै चरणबद्धरुपमा आन्दोलन गरिँदैै आएको त्रिवि कर्मचारी सङ्घ आयुर्वेद क्याम्पस एकाइका सभापति कृष्ण भारतीले जानकारी गराए।
कर्मचारीका जायज मागप्रति अस्पताल प्रशासन तथा क्याम्पस प्रशासन दुवैले चासो नदिएको जानकारी गराउँदै उनले मागको उचित सम्बोधन नहुँदासम्म तालाबन्दी जारी रहने बताए। रासस
प्रकाशित मिति: 2014-04-16 12:10:58