दक्षिण कोरियामा एक पानीजहाज डुब्दा सयभन्दा बढी यात्रु बेपत्ता भएका छन्।
अधिकांश स्कुले विद्यार्थी सहित ४ सय ७६ जना यात्रु बोकेको पानी जहाज दक्षिण कोरियाको दक्षिणीपश्चिम क्षेत्रमा डुबेको हो। उक्त पानीजहाज दुर्घटना हुँदा सय जना बेपत्ता भएको स्थानीय संवाददाताहरुले बिबिसीलाई जनाएका छन्। बेपत्ता भएकालाई उद्दार गर्न तटीय सुरक्षागार्ड, जहाज र हेलिकप्टरहरु सक्रिय बनाइएको छ।
दक्षिण कोरियाको इछोनबाट जेजु भन्ने समुद्री टापुतर्फ गइरहेको भएको पानीजहाज समुद्रमा डुबेको हो।