जाजरकोटको सदरमुकाम खलंगादेखि पाँचकटियातिर गइरहेको जिप सडकबाट सय मिटर तल खस्दा दुईको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
जाजरकोट प्रहरीका अनुसार दुर्घटनामा परी अन्य चारसमेत घाइते छन्।
घटनामा ढिमे ४ का २१ वर्षीय रामराजा सिंह र खलंगा ७ का ५० वर्षीय दण्डबीर ओलीको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।
ढिमे ८ की ४२ वर्षीय अनारकली रोकाय, उनका १० र ७ बर्षका छोरा लोकन्द्र र किरण गम्भीर घाइते छन् ।
ट्रयाक मात्रै खोलिएको सडकमा एक महिनादेखि जीप सञ्चालन हुन थालेको हो।