एमाले संसदीय दलका नेता केपी शर्मा ओली भारतमा करिब डेढ महिनासम्म उपचार गरेर बुधबार नेपाल फर्केका छन्। मिर्गौला फेरेका ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि उनी दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
उनले आफ्नो सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद दिए। उपचारपछि पनि उनी दिल्लीस्थित एक अपार्टमेन्टमै आराम गरेर बसेका थिए। उनको स्वागतका लागि एमाले नेताहरु बिमानस्थल पुगेका थिए।