सर्वनाम थिएटरले महाभारतको मिथकमा आधारित नाटक शकुनी पासाहरु मञ्चन गरेको छ।
नाटककार अशेष मल्लले महाभारतको कथाका पात्रको चरित्र परिवर्तन गरेर यो नाटक तयार गरेका छन्। उनकै परिकल्पना र लेखन रहेको यो नाटक निर्देशन पनि मल्लले नै गरेका हुन्। नाटकमा महाभारतकालिन सत्य पुरुष युधिष्ठीरलाई नकारात्मक पात्रको रुपमा चित्रित गरिएकाे छ।
शकुनी पासाहरुको मञ्चन नयाँवर्षको दिनदेखि सुरु गरिएको हो। यसअघि पनि सर्वनाम थिएटरले यो नाटक पटकपटक मञ्चन गरेको थियो। अहिले भने केही नयाँ कलाकार फेरेर पुन मञ्चन गरेको हो। ओममणी शर्मा रमेश खड्का, राम केसी, मिना खड्का,श्याम खड्का, अर्जुन न्यौपाने, साधना भण्डारी आदित्य शर्मा र राजशाहले यो नाटकमा अभिनय गरेका छन्। प्रत्येक दिन साँझ सवा पाँच बजे देखि सर्वनामनाटकघरमा प्रदर्शन गरिने यो नाटकलाई बैशाख २७ गते सम्म देखाइने बताइएको छ।
प्रकाशित मिति: 2014-04-16 18:11:53