सैद्धान्तिक मतभिन्नताका कारण विभाजित दुई माओवादीलाई द्वन्द्वकालीन मुद्दाले नजिक्याउँदै लगेको छ। आफूहरु सबैतिरबाट घेराबन्दीमा पर्नसक्ने भन्दै दुवै पार्टी नेतृत्वले संयुक्त विरोध कार्यक्रम ल्याउने तयारी गरेका छन्।
सुरुमा कार्यगत एकता मजबुत बनाउने र त्यहीमार्फत दुवै पार्टीको अधिवेशन र भेलाबाट एकताको आधार तय गर्ने गृहकार्यसमेत दुई दलबीच भइरहेको छ। ‘सरकारका शान्तिप्रक्रिया विरोधी गतिविधिले हामीलाई एक ठाउँमा उभ्याउन बाध्य बनाएको छ,’ एमाओवादीका पोलिटब्यूरो सदस्यले शक्ति बस्नेतले भने।
कान्तिपुरमा प्रकाशित समाचारअनुसार फुजेल घटनामा सरकारले कार्यकर्ता पक्राउ गरी मुद्दा चलाएपछि दुई माओवादीले शीर्ष तहमै कार्यगत एकता गरी संघर्षका कार्यक्रम अघि बढाउने निधो गरेका हुन्।