पछिल्ला समय नसर्ने रोगहरुको जोखिम झन्झन् बढ्दै गएको छ। एक अध्ययनमा मानिसको रहनसहन र खानपानलाई यसको मुख्य दोषी मानिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को हालै सम्पन्न ‘रिक्स फ्याक्टर सर्वे’मा क्यान्सर, हृदयाघात, श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेहका जोखिम तत्वहरुको अध्ययन गरिएको छ। मदिरा सेवन, धुमपान, आवश्यकताभन्दा कम फलफूल तथा तरकारी सेवन, कम शारीरिक व्यायाम, अस्वस्थकर खाना, मोटोपन, उक्त रक्तचापलगायतले यस्ता रोगको जोखिम बढ्दै गएको अध्ययनले देखाएको छ। कान्तिपुरमा यो समाचार प्रकाशित छ।