राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघबीचको तनाव बुधबार तीनबुँदे सहमतिमा अन्त्य भएको छ।
क्रिकेट विकासका लागि योजना तथा अनुगमन समिति बनाएर कार्यान्वयन गर्ने सहमतिसँगै क्यान विघटनको माग राख्दै आन्दोलनमा उत्रिएका खेलाडीहरु अब मैदानमा देखिनेछन्। राष्ट्रिय टोलीका खेलाडीले क्यान विघटनसहित १० बुँदे माग राखी काठमाडौं र पोखरामा जारी राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव शान्तिराम शर्माको मध्यस्थतामा दुई दिन चलेको वार्ता बुधबार राति अबेर सहमतिमा टुंगिएको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।