पेट्रलियम पदार्थको सहज आपूर्तीका लागि अर्थ मन्त्रालयले नेपाल आयल निगमलाई साढे दुई अर्ब दिने भएको छ ।
निगम र मन्त्रालयबीच बुधवार भएको छलफलमा यस्तो सहमति भएको अर्थ स्रोतले जानकारी दिएको छ ।
समाचारपत्रमा लेखिएको छ निगमले तीन महिनादेखि सरकारलाई पाँच अर्ब रुपैयाँ अनुदान दिन ताकेता गर्दै आएको छ ।
इण्डियन आयल कर्पोरेसनको अप्रिल महिनासम्मको ५ अर्ब ७० करोड उधारो रहेको भन्दै निगमले रकम माग गरेको थियो ।
बक्यौता रकम नतिरेको भन्दै आइओसीले निगमलाई दिने पेट्रोलियममा कटौती गरेपछि नेपालमा अभाव हुन थालेको छ ।