विगत चार वर्षमा १ लाख २२ हजारभन्दा बढी मोटरसाइकल भन्सार छली गरेर आयात भएको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको भन्दा यातायात व्यवस्था विभागमा दर्ता भएको मोटरसाइकलको संख्या बढी देखिएपछि भन्सार छलीको तथ्य खुलेको हो ।
राजधानीले छापेको छ, ‘आयात भएको सबै मोटरसाइकलको तथ्यांक राख्ने भन्सार विभाग र तिनै मोटरसाइकलको दर्ता गर्ने निकाय यातायात व्यवस्था विभागको तथ्यांकमा यति ठूलो भिन्न्ता किन आयो भन्ने प्रश्नको जवाफ दुवै विभागका अधिकारीले दिन सकेनन् ।