काठमाडौं–हेटौंडा सुरुङ मार्गमा टिबीआई होल्डिङ्स कम्पनी जापानले १ अर्ब रुपैयाँ बरारबरको सेयर लगानी गर्ने भएको छ ।
राजधानीका अनुसार सो मार्ग निर्माणको अगुवाई गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनी र होल्डिङ्सबिच मंगलबर सम्झौता भयो । कम्पनीका अध्यक्ष कुशकुमार जोशी तथा टिबिआईका अध्यक्ष भवन भट्टबीच सेयर खरिद सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।
भट्ट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष समेत हुन् । ५८ किलोमिटर लामो यो सुरुङ् मार्गले काठमाडौं–कुलेखानी–हेटौंडालाई जोड्नेछ । चार लेनको फास्ट ट्रयाकको लागत ३५ अर्ब नेपाली रुपैयाँ हुनेछ । यो सडकबाट आवतजावत गर्नेहरुसँग यात्रा दुरी घट्दा बचन हुने जम्मा इन्धनको एक तिहाई रकम शुल्कको रुपमा उठाइनेछ ।