१३ जिल्लाका कनिष्ठ जिल्ला शिक्षा अधिकारी तत्काल फिर्ता बोलाउन माग गर्दै समायोजन परेका उपसचिवहरुले शिक्षामन्त्रीलाई स्मरणपत्र बुझाएका छन्। समायोजनमा परेका उपसचिवहरुले सरकारले गरेको व्यहारप्रति असन्तुष्टि जनाउँदै शिक्षा मन्त्रालय र मातहतका निकायमा वरिष्ठताका आधारमा कर्मचारीहरुको तत्काल व्यवस्थापन गर्न चेतावनी दिएका छन्। आजको नेपाल समाचारपत्रमा खबरब छ।
बिहीबार दिउँसो समायोजन परेका उपसचिवको टोलीले शिक्षामन्त्री चित्रलेखा यादवलाई भेटेर मन्त्रालयको पुनः संरचना, सामानुपातिक रुपमा कर्मचारीको वेयवस्थापन गर्नुपर्ने, वरिष्ठलाई जिल्ला शिक्षा अधिकारी बनाउनुपर्नेलगायतका माग राखेका छन्।
गएको मंसिरदेखि समायोजनमा परेका ३ सय २६ उपसचिव र करिब २ सय ५० जना अधिकृतले तत्काल समायोजन प्रक्रियालाई व्यस्थित नगरे आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन्।