खाना पकाउने ग्यासमा उच्च घाटा भएको कारण नेपाल आयल निगम आर्थिक रुपले टाट पल्टिएको छ।
व्यापारीक संस्था निगम ठूलो घाटामा गएपछि भारतीय आयल निगमलाई एक सातादेखि बख्यौता रकम पठाउन सकेको छैन। बख्यौता नतिरेका कारण भारतीय निगमले नेपाललाई उपलब्ध गराउँदै आएको पेट्रोलियम कोटा अहिले ३५ प्रतिशत कटौती गरेको छ। यसका कारण बजारमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ। आजको अन्नपूर्णमा खबर छ।