मुलुककै जेठो वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि कमजोर आर्थिक अवस्था भएका बिरामीले राहत महसुस गरे । विश्वका उत्कृष्ठ अस्पताल र वीरले दिने मिर्गौला प्रत्यारोपणको नतिजा एउटै गुणस्तरको भएको त्यही कार्यरत चिकित्सकको दाबी छ । तर, गत वर्षदेखि यो सेवा ठप्प छ। आजको अन्नपूर्णमा खबर छापिएको छ।
प्रत्यारोपणका लागि गाउँबाट आउने बिरामीलाई निजी अस्पताल पठाउन थालिएको छ । वीरमा मिर्गौला प्रत्यारोपण सेवा एक सयभन्दा बढी बिरामीले लिइसकेका छन् । वीरमा डायलासिस सेवा निःशुल्क छ । निजी अस्पतालमा कम्तीमा आठ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।
सरकारले भक्तपुरमा मानवअंग प्रत्यारोपण केन्द्र स्थापना गरी वीरका तत्कालीन मिर्गौला प्रत्यारोपण विशेषज्ञ पुकारचन्द्र श्रेष्ठलाई प्रमुख बनाएर लगेपछि सेवा ठप्प भएको हो । अस्पतालले नयाँ प्रत्यारोपण विशेषज्ञ पनि भित्र्याउन सकेको छैन् । सुरुमा चिकित्सक श्रेष्ठ केन्द्रको प्रमुख भएर गए पनि आवश्यक पर्दा वीरमा सेवा दिइरहने प्रतिबद्धता जनाएका थिए ।
तर उनी काम गर्ने वातावरण नभएको भन्दै अस्पताल छिर्न छाडे । वीर प्रशासनले पनि श्रेष्ठलाई बोलाउन र प्रत्यारोपणमा आवश्यक जनशक्ति जुटाउन सकेको छैन् । नेपालमा वर्षेनी तीन हजारभन्दा बढीको मृगौलाले काम गर्न छाड्ने सरकारी तथ्याङ्क छ। ती मध्ये १ हजार भन्दा बढी उपचारका लागि वीर अस्तपाल पुग्छन्। आधाजसोले हेमोडायालासिस रोज्छन् भने आधाले प्रत्यारोपण गर्न चाहेपनि सेवा नपाउँदा घर फर्कन बाध्य छन्।