एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले स्वदेशी र विदेशी तत्वहरुले शान्ति पक्रिया भाड्न खोजेको बताएका छन्। एकीकृत नेकपा माओवादी कास्कीको छैटौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै श्रेष्ठले शान्ति प्रक्रियाका अन्य पक्षलाई तोडेर सविधान बन्न नसक्ने बताउदै सविधान नबनी लोकतन्त्रको सरक्षण हुनै नसक्ने बताए। उनले शान्ति प्रक्रियाका पक्षलाई तोड्ने केहि मानव अधिकार बादि र विदेशी शक्ति शान्ति प्राक्रिया भाड्न लागेको ओरोप लगाए। उनले शान्ति प्रक्रिया भाड्न खोज्नेलाई चिरेर सफल भै छाड्ने बताए।
नेता श्रेष्ठले नेपाल बसेर शान्ति प्रक्रियाका भाड्न खोज्नेको भण्डाफोर भैसको बताउदै नेपाल आउँदा शान्ति प्रक्रियाको कुरा गर्ने र विदेशमा बसेर शान्ति प्रक्रिया भाड्न खोज्नेको पनि भण्डाफोर एमाओवादी पार्टीले गर्ने बताए। उनले एमाओवादीले अझै पनि क्रान्तिलाई जोडदिने बताए। उनले अब कान्तिकारी भुमिसुधारमा, पुर्जिपतिहरुको शोषण र असमान सन्धि सम्झौताका बारेमा कान्ति गर्ने बताए।
उद्घाटन कार्यक्रममा एमाओवादीका नेताहरु प्रकास पोख्रेल, डिलाराम अधिकारी, डाक्टर दीपेनद्र बहादुर क्षत्रीले पार्टीमा रहेको अन्तर सर्घष तोडर आगाडि बढ्नु पर्ने बताए। कार्यक्रममा सहित वेपत्ता परिवार समाजका अध्यक्ष अणनाथ बराल, शहित परिवार समाज कास्कीकी दुर्गा विक, गोमा घिमिरे लगाएतले पार्टीले सहित वेपत्ता परिवारलाई बेवास्था गरेको बताएका थिए।
सम्मेलनमा कास्कीका ४३ गा. वि. स. र पोखरा उपमहागनरपालिका तथा लेखनाथ नगरपालिकाका सवै वडाहरुमा सम्मेलन सम्पन्न गरी सम्मेलनबाट निर्वाचित ४ सय ४८ जना प्रतिनिधि, मनोनित २२ प्रतिनिधि र २३ पर्यवेक्षक गरी ४ सय ९३ जना प्रतिनिधि/पर्यवेक्षक सहभागीता रहेको छ। अधिवेशनले ५१ सदस्य जिल्ला कार्यसमिति चयन पछि अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन गर्नेछ।