कतै जागिर पाउन मरिहत्ते गर्नुपरेका छ, भने कतै पटकपटक दरखास्त आह्वान गर्दा पनि जनशक्ति पाइएका छैनन् । मुलुकमा जागिर नपाएर डिग्री पास गरेकाले श्रेणीबिहीन पद (पियन) मा अन्तर्वार्ता दिइरहेका बेला कतै भने वरिष्ठ पदमा समेत दक्ष जनशक्ति नहुँदा दरबन्दी खारेज भएको राजधानी दैनिकमा खबर छ ।
कृषि अनुसन्धानको काम गर्दै आएको नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् -नार्क) ले खुलाएको विभिन्न विभागीय पदमा मागअनुरुप आवेदन नपर्दा दरबन्दीहरु नै खारेज भएका हुन् । कृषि क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदा नार्कका विभन्नि मुख्य पदमा दरबन्दीस् रित्तः भई खारेज भएको छ ।
नार्कले नयाँ भर्ना खुलाए पनि मागअनुरुप आवेदन नपर्दा दरबन्दी नै खारेज भएका हुन् । मुलुक कृषिप्रधान देश भए पनि कृषि क्षेत्रमा अध्ययन गर्ने जनशक्ति कम हुँदा बर्सेनि खुलाइने दरबन्दी त्यसै खाली हुने गरेका छन् । नार्कले वरिष्ठ प्रशासकीय अधिकृत वसन्तकुमार पाण्डे माटो विज्ञान, प्लान्ट प्याथोलोजी, पशु विज्ञान र भेटेनरीमा नयाँ आवेदन खुलाए पनि आवेदन नपर्दा दरबन्दी नै खारेज भएको जानकारी दिए ।