उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सरकारको जासुसी संगठन राष्ट्रिय अनुसन्धान विभागलाई'काउन्टर इन्टेलिजेन्स'को अधिकार दिने बताएका छन्। शुक्रबार बिहान विभागको निरीक्षण गर्न गएका गौतमले विभागलाई थप क्रियाशील र प्रभावकारी बनाउन यस्तो अधिकार दिन लागिएको बताएको खबर आजको अन्नपूर्णमा छापिएको छ।
काउन्टर इन्टेलिजेन्सीको अभावमा नेपालमा विदेशी जासुसी संगठनको क्रियाकलाप बढीरहेको बेला गृहमन्त्री गौतमले त्यसको आवश्यकता औल्याएका हुन्।