गृह मन्त्रालयमातहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत राखिने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले शुक्रबार सिंहदरबारस्थित बरफवागस्थित कार्यालय निरीक्षणका क्रममा विभागलाई प्रधानमन्त्रीमातहत राख्ने घोषणा गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ।
विभागको सुदृढिकरणसम्बन्धी गठित आयोगले पटक-पटक प्रधानमन्त्रीमातहत लैजान सुझाव दिए पनि हालसम्म कार्यन्वयन भएको छैन् । ०६५ मा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला समेत गृहमन्त्री रहेका गौतमले त्यसैबेला गठित ‘सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदल’को प्रतिवेदनका आधारमा विभागको सुदृढिकरण गर्नेसमेत बताएका छन् ।
तत्कालीन सरकारले १७ असोज ०६५ मा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको संयोजकत्वमा सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्यदल गठन गरेको थियो । प्रहरीका पूर्वएआइजी केशब बराल, सशस्त्र प्रहरीका पूर्वएआजी रोहित थापा, अनुसन्धानका एआईजी अशोकदत्त भट्ट र तत्कालीन सहसचिव मोदराज डोटेल सदस्य रहेको कार्यदलले २ फागुन २०६५ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
कार्यदलले विभागलाई ट्ट र तत्कालीन सहसचिव मोदराज डोटेल सदस्य रहेको कार्यदलले २ फागुन २०६५ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलले विभागलाई ‘राष्ट्रिय इन्टेलिजेन्स व्युरो’ का रुपमा प्रधानमन्त्रीमातहत राख्न र क्षमता अभिवृद्धि गर्न सुझाव दिएको थियो ।