नेपालका ७५ प्रतिशत युवामा मानसिक समस्या।
खुव सुझबुझपूर्ण जसरी लेखिएको हेडलाइनले तान्यो मलाई। एक अध्ययनको हवाला दिएर ब्रोडसिट राष्टिय दैनिकको यो समाचारमा अधिकांश नेपाली युवा डिप्रेसनबाट प्रताडित। जसका कारण आत्महत्या गर्नेमा वृद्धि र लागु पदार्थ दुव्र्यसनीमा फसेको तथ्यहीन कुरालाई सत्य जसरी प्रस्तुत गरिएको छ।
समाचारले पढुन्जेल ताने पनि पढिसकेपछि धेरै पर धकेल्यो। एक पल्ट आफैंलाई चिमोटें। दुख्यो। पागललाई पनि दुख्दो रहेछ जस्तो लाग्यो। एक्लै हासें। हाँसेको कसैले देख्यो कि भनेर दायँबायाँ हेरें। कसैको ध्यान ममाथि थिएन। सबै आफ्नो च्वाइसका हेडलाईन र न्यूजहरु हेर्दै थिएँ, चिया पसलमा। अनि, अब त झन् ममा मानसिक समस्या भएको पुष्टि भएन र।
हैन यो मानसिक समस्या मापन कसले गर्छ? कस्तो यन्त्र हुन्छ, मानसिकता र मन मापन गर्ने। मानसिक सन्तुलन भनेको दुई वटा अण्डकोष जस्तो हो। मन मुलाको पनि के ठेगान? मनलाई त मालिक होइन, दास बनाउनु पर्छ रे। कस्ले दिएछ हावा गफ। मनको सन्तुलन र मानसिक सन्तुलनबीच के सम्बन्ध हुन्छ होला?
पर्खनुस्। तपाईं पागलको निवन्ध वा अवन्ध पढ्दै हुनुहुन्छ। तर, म पागल भएको वा नभएको कुनै प्रमाण प्रमाण छैन। र, तपाईं पनि। त्यो कथित अध्ययनले मानसिक सन्तुलन नगुमेका भनेको २५ प्रतिशत भित्र म र तपाईं पर्न सक्ने सम्भावना एकदमै कम छ। र, त्यो अध्ययन गर्ने मान्छे र पत्रिकामा लेख्ने मान्छे चाहीं २५ प्रतिशत भित्र पर्यो कि परेन भनेर कसले मापन गर्यो? मानसिक समस्या र सन्तुलन गुमेको बीचको फरक खोजौं न। यहाँ मानसिक सन्तुलन सहीहरु चाहिँ को को हुन्? नेता, वकिल, पत्रकार, वा डिग्री पास गरेर गाउँमा बाख्रा पालन गर्ने युवा, वा खाडीमा पसिना चुहाएर परिवार र रिमिट्यान्सले देशको अर्थतन्त्र धान्ने युवा, वा प्लस टु गरेर स्टुडेन्ड भिषामा जापान, अष्टेलिया जाने युवा वा कवि। मानौं न देवकोटा। खासमा कुन समूहको कसको मानसिक अवस्था सही छ? मानसिक अस्पताल पाटनका डाक्टर साबहरुको मानसिक सन्तुलनको ग्यारेण्टस् कसले लिन्छ? के तीहरु सबै २५ प्रतिशत भित्र पर्छन्।
धार्जे भएका पत्रिकाका अक्षर केलाईरहेका र भ्याकेन्सीका शिला खोजिरहेका मान्छे बीच मैले धेरै बल्ढ्याँंग्रे कुरा गर्न मन थिएन। तर, मनको दादागिरी चल्यो। भनें, हामी ७५ प्रतिशतमा मानसिक समस्या छ रे। हामी यहाँ भएका ७ जनामा कति जनालाई मानसिक समस्या होला?
चियाभट्टीको माहोल स्तब्ध बन्यो।
हामी सबैमा समस्या छ। एउटाको कुरा।
तपाईं चिं समस्या नभएको मान्छे पनि हुन सक्नुहुन्छ। मैले आँडे तर्क गरें।
त्यसो त भनिएका पागलहरु सद्धे र भनिएका सद्धेहरु पागल हुन सक्छन्।
कुरा तन्क्यो। मैले सबैलाई लिड गर्दै केही ठीँस कुरा गरें।
म भन्छु, शौचालयभन्दा ओच्छ्यान बढ्ता फोहोरी ठाउँ हो। यो कुरा सुन्दा तपाईंलाई म दिमाग खुस्केको जस्तो लागेन त? शौचालयमा जेजति फोहोर हुन्छ र गरिन्छ, तत्काल सफा गरिन्छ। धोइन्छ। तर, आच्छ्यानमा, छि छि। कति पाप चिताइन्छ ओच्छ्यानमा सुतेर। पाप गरिन्छ, ओच्छ्यानमा। एकछिन, मात्रै सोचौं। अनि म भन्छु, घाम एउटा मात्रै छ भन्ने के प्रमाकण छ? हरेक दिन उदाउने घाम फरकफरक पनि त कुन सक्छ। मान्छेले घामभन्दा माथि गएर फोटो खिचेको रे। मुला मान्छे त, यो धर्ती भएपछि भएको हो। यो पृथ्वीमा यति नै अक्सिजन, नाइटोजन। पानी, हावा। माटो। खानेकुरा। ठीक ठाउँमा ठीक अंगको सिर्जना कसले गर्यो? सूर्यबाट फुटेको टुक्रो पृथ्वी ठ्याक्कै यही ठाउँमा आएर किन अडियो? र, जहाँ अडियो त्यहीं यो सबै किन सम्भव भयो? स्वघोषित सर्वश्रेष्ठ हामी यति धेरै पृथ्वीको सिर्जनाको हबला दिन्छौं भने कमिलाहरु पृथ्वीको उत्पतीकाबारेमा के सोच्लान्? उनीहरुलाई यो धर्तीमा एउटा विवेकशील प्राणी मान्छे छ भन्ने लाग्छ कि लाग्दैन होला? हामी मुला एक कौडीको एउटा जनावरले यत्रो ठूलो गरेको सुहाउँछ र?
सुन्नेहरुले सुने मात्रै, एउटाले मुख फार्यो। सर को एउटा कुरा मलाई चित्त बुझेन। अरु जेजे भए पनि घाम चिं एउटा मात्रै हो है। म
मैले सोधें, कसरी थाहा पाउँनुभयो घाम एउटा मात्रै भनेर?
उसले तर्क गरेन। बरु उल्टै हावा गफको संज्ञा दिएर बाहिरियो। सबैले मुखामुख गरेर हाँसे। कि, त्यो उठ्नेको मानसिक सन्तुलन गुमेको हो। कि, बाँकी छ जनामा समस्या छ।
मैले अर्को घाँन चियाको अर्डर गरें। मन्त्रमग्ध भएर मेरो गफ सुनिरहेका चिया पसले दाइ ताप्के वसाल्न गए। मैले त्यहपछि खास बोलिनँ। दाजुले चियामा चिया हाल्न विर्सेछन्। सायद मेरो गफले चिया पसले
दाईको मानसिक सन्तुलन गुमायो। केही क्षणपछि उठ्न बाँकी दुई जना पनि एकएक कप चिया थप्ने निचोडमा पुगे। मलाई गफ तन्काउँनै पर्ने नैतिक जिम्मेवारी थपियो।
अनि एउटा कुरा। एउटा समाजमा रक्सी सभ्यता, अर्कोमा अपराध। भेट्ने वित्तिकै किस गर्नु कतै सभ्यता, कतै अपराध। कतै सुँगुर छोयो भने अपराध, कतै पूजा गर्ने प्रिय जनावर। भनेपछि खासमा सत्य के हो? यहीं मान्छेको मन र मानसिकता हैन? एकअर्को यहाँ कुनै पनि बर्जित काम गर्यो भने मानसिक सन्तुलन गुमेको हुँदैन र? सत्य त आखिर केही पनि रहेनछ नि, कि कसो?
खै मैले त केही बुझिनँ। खै के, खै के? यो सबै सोच्यो भने पागल होइन्छ। आफू मानसिक सन्तुलन ठीक भएको दावी गर्दै एउटा तर्किएर पन्छियो।
सब नाटक सब भ्रम। बाँकी अर्कोको बुझाई।
चियागफ समापन भयो। चियाको पैसा अर्को वसाईंमा तिर्ने शर्तमा म पनि बाहिरिएँ। बाहिर एउटा भनिएको पागल चुरोट ठुटा टिप्दै रहेछ। विचराको रगतले निकोटिन खोजेछ। कति ठीक ठाउँमा छ उसको मानसिक? किन्न पैसा नभएर अर्कोले फालेको सिग्रेटको ठुटाले तलतल मेट्न खोज्दैछ।
हतारहतार कोठामा पुगेर एउटा कथालाई उपसंहार गर्नु छ। कथाको शिर्षक तेस्रो विश्व। फिक्सन, नाम पत्तो नभएको १८ औं ग्रहको एउटा प्राणी पृथ्वी आएको छ। रिसर्च गर्न। उक्त प्राणी पृथ्वीकोे मान्छे भन्दा ११ गुणा बढी विवेकशील छ। चेतनशील छ। संयोगवश उसँग मेरो भेट हुन्छ। पृथ्वीको कुुकुरभन्दा अलि ठूलो। छ वटा खुट्टा भएको। अगाडिका दुई वटा खुट्टामा दुइ वटा मुख। चार वटा कान। प्रत्येक खुट्टा र ढाँडमा गरी जम्मा सात वटा आँखा भएको। भाषा त बुझन् कुरै भएन। उसका हरेक क्रियाकलापबाट बुझेको हो मैले। मैले बुझेको सत्य हो भनेर कथामा दावी गरेको छु मैले। संयोगवश त्यो प्राणी स्त्री जातीको हुन्छ। नियतवश हाम्रो यौनसम्पर्क हुन्छ। घनघोर संयोग, त्यस प्राणीबाट बच्चा जन्मन्छ, तीन महिनामा। भेट भएको सात महिनापछि त्यो प्राणी त्यहीं १८ औं ग्रहमा फर्कन्छ, नयाँ जातको प्राणी पृथ्वीमै छाडेर। बच्चा न मान्छे जस्तो छ, न त्यो प्राणी जस्तो। त्यसको वर्णन, त्यहीं कथामा गरौंला। कथाको टेलर हो, त्यसको जन्म। त्यहींबाट सुरु हुन्छ तेस्रो जन्म कथाको प्लट। यो कथा छापिएपछि मलाई कसले पागल भन्दोरहेनछ, हेरौंला नि।
साइकोनेसको फ्यान हूँ म। यो निवन्ध वा निर्वन्ध वा अबन्धको पनि कुनै ठोस अन्त्य छैन। सिर्फ यत्ति, बी साइकोनेस म्यान.....।