आमा तिम्रो आँसु बग्यो
सगरमाथाको शिरमाथि
निष्ठुरी रैछ खुम्बु पहिरो
चिर्यो तिम्रो छाती
हिउँ पहिरोले च्यापियर छट्पटिदा, आमा भनि बोल्यो होला
चिसो भई कठान्ग्रिदा, तिम्रो काख खोज्यो होला |
आमा तिम्रो आँसु बग्यो , सगरमाथाको शिरमाथि ...
शेर्पा भनि जन्माएर
हिउँमाथि खेल्न सिकायौ
शिरको टोपी हाम्रो घर भनि
सगरमाथा देखायौ
ममताको छहारी भित्र अमृतसरि दुध पिलायौ
ठोक्कियर कतै लड्दा आँखा बाट आँसु बगायौ
आमा तिम्रो आँसु बग्यो , सगरमाथाको शिरमाथि ...
हिमाल को बाटो भरि
खोज्छौ होला छोरा लाई
हिउँ पहिरोमा पर्यो छोरा
अब भेट्ने आउने छैन तिमीलाई |
फर्कियन छोरो तिम्रो छाडी गयो एक्लो बनाई
मुर्छा परि रुन्छौ होला तिम्ले छोरो नपाई
आमा तिम्रो आँसु बग्यो , सगरमाथाको शिर माथि ...