रोजगार अनुमति प्रणाली(ईपीएस)मार्फत दक्षिण कोरिया पुगेका कामदारमध्ये यो वर्ष करिब ४ हजार युवा नेपाल फर्कनुपर्ने भएको खबर आजको कारोबारमा छापिएको छ।
ईपीएसको नियमावलीअनुसार ४ हजार कामदारको श्रमसम्झौता अवधि सकिने भएकोले उनीहरु फर्कनुपर्ने भएको हो। ईपीएसअन्तर्गत कोरिया पुगेका युवामध्ये सन् २०१४ भित्र ४ हजारको अवधि सकिने भएकोले फर्कनुपर्ने देखिएको ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराज बाँस्तोलाले बताए।